पुनरागमन जितसँगै जर्मन बुण्डेसलिगा क्लब बायर्न म्यनिखले शीर्षस्थानमा ६ अंकको अग्रता बनाएको छ। शनिबार राति भएको खेलमा बार्यनले १२औँ जित निकाल्ने क्रममा एफएसभी मेन्चलाई २-१ अन्तरले पराजित गरेको हो। भ्रमणकारी टोली मेन्चका करिम ओनिसिवोले २२औँ मिनेटमा अग्रता बनाएका थिए। त्यसपछि बायर्नले लगातार गोल गर्याे। ५३ मिनेटमा किङ्स कोमानले बराबरी गोल गर्दा जमल मुसिआलाले ७४ मिनेटमा…