फ्रान्स जारी १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत समूह चरणको दोस्रो खेलमा बराबरीमा रोकिएको छ। शनिबार हंगेरीको बुडापेस्टस्थित पुस्कास एरिनामा भएको खेलमा फ्रान्स हंगेरीसँग १–१ गोलको बराबरीमा रोकिएको हो । रोमान्चक बनेको खेलमा सुरुवाती अग्रता भने घरेलु टिम हंगेरीले बनाएको थियो । पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा एटीला फिओलाले गोल गर्दै हंगेरीलाई अग्रता दिलाएका…