काठमाडौं ।‘काठमाडौं अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसिप’ को सम्पूर्ण तयारी पूरा भएको छ । नेपालमा पहिलो पटक आयोजना हुन लागेको बृहत अन्तर्राष्ट्रिय च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको प्रतियोगिता संयोजक कुमार लामा घिसिङले जानकारी दिए ।कात्तिक २२ र २३ गते हुने च्याम्पियनसिपमा नेपालसहित १९ राष्ट्रका तीन सय ६२ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । च्याम्पियनसिपमा नेपालका…