फुटबलमा पेनाल्टी शुट आउटलाई फुटबल समर्थकले खासै मन पराउँदैनन् तर पनि निर्धारित समयसम्म कुनै पनि टिमले गोल गर्न नसकेको खण्डमा परिणामका लागि यो तरिका उपयोगी मानिएको छ ।सन् १९७० मा पहिलो पटक पेनाल्टी शुट आउटको प्रयोग गरिएको थियो । यो भन्दा पहिले निर्धारित समयमा कुनै पनि टोलीले गोल गर्न नसकेको खण्डमा सिक्काको प्रयोग गरिन्थ्यो ।…