काठमाडाैं । साउदी प्रो लिगअन्तर्गत अल नासरले अल रियादलाई ५-१ को फराकिलो अन्तरले पराजित गरेको छ। अल नासरको शानदार जितमा पोर्चुगिज स्टारद्वय क्रिस्टियानो रोनाल्डो र जाओ फेलिक्सले दुई-दुई गोल गरे। यस्तै, किंग्सले कोमानले एक गोल थपे। खेलको छैटौं मिनेटमै जाओ फेलिक्सले गोल गर्दै अल नासरलाई अग्रता दिलाएका थिए। त्यसपछि ३०औं मिनेटमा किंग्सले कोमानले गोल गरेर…