काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले युरोपियन च्याम्पियन्स लिगमा विजयी सुरुवात गरेको छ। गएराति भएको खेलमा बार्सिलोनाले इंग्लिस क्लब न्युक्यासल युनाइटेडलाई २-१ गोलअन्तरले पराजित गरेको हो। न्युक्यासलको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाको जितमा मार्कुस रासफाेर्ड नायक बने। म्यानचेस्टर युनाइटेडबाट लोनमा बार्सिलोना आएका उनले दुई महत्वपूर्ण गोल गरे। खेलकाे पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा…