काठमाडाैं । बार्सिलोनाका युवास्टार लामिन यमल विश्व फुटबलकै सर्वाधिक मूल्यवान खेलाडी बनेका छन । ट्रान्सफरमार्केटका अनुसार बार्सिलोनालाई घरेलु 'ट्रेबल' उपाधि जिताउन मद्दत गरेका उनकाे मूल्य २०० मिलियन युराे पुगेकाे छ । केवल १७ वर्षका उनी बालोन डी'ओरका लागि बलियो दावेदार पनि हुन् । गत वर्ष स्पेनलाई युरोपियन च्याम्पियनसिप जिताउनकाे पनि उनकाे महत्वपूर्ण भूमिका थियाे ।…