फाप्ला (कैलाली) । धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगीताको उपाधि एपिएफ क्लबले जितेको छ । आज सम्पन्न फाइनल खेलमा घरेलु टोली सुदूरपश्चिम प्रदेशमाथि नौ विकेटको जित निकाल्दै एपिएफले उपाधि हात पारेको हो । योसँगै एपिएफले लगातार दोस्रोपटक उपाधि जितेको हो । उपाधिसँगै एपिएफले रु पाँच लाख पुरस्कार पाएको छभने सुदूरपश्चिम उपविजेता हुँदै…