काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले युएई विरुद्ध हुने आगामी 'अण्डर लाइट्स' टि-२० आई शृङ्खलाका लागि १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ। यस पटक टोलीको नेतृत्वमा महत्वपूर्ण हेरफेर गर्दै क्यानले स्टार अलराउन्डर दीपेन्द्र सिंह ऐरीलाई नयाँ कप्तान चयन गरेको छ। नेपाली क्रिकेटमा पहिलो पटक 'स्प्लिट क्याप्टेन्सी'को अभ्यास गर्दै टि-२० फर्म्याटको जिम्मेवारी दीपेन्द्रलाई सुम्पिएको हो।…