नयाँ दिल्ली । फिफा विश्वकप २०२६ सुरु हुन अब दुई महिनाभन्दा कम समय बाँकी छ । तर इतिहासमै पहिलोपटक, अहिलेसम्म भारतमा विश्वकप प्रसारणका लागि कुनै पनि आधिकारिक ब्रोडकास्टर (प्रसारक) निश्चित हुन सकेको छैन। यदि यो गतिरोध अन्त्य भएन भने, लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डोको सम्भवतः 'अन्तिम विश्वकप' भारतीय पर्दामा 'ब्ल्याक आउट' हुने खतरा बढेको छ।…