अम्पायरलाई पिट्यो भने कति खेलमा ब्यान भोगिन्छ भन्ने कमेन्ट विवादित भएपछि करण केसीले मागे माफी

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका खेलाडी करण केसीले अम्पायरविरुद्ध ‘मजाक’का रूपमा गरेको कमेन्टप्रति माफी मागेका छन् । शनिबार राति सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले “कसैलाई ठेस पुगेको भए क्षमायाचना गर्दछु” भनेका छन् । करणले ‘ट्रोल क्रिकेट नेपाल’ फेसबुक पेजमा सन्दीप लामिछाने र अम्पायरबीचको विवादमा कमेन्ट गर्दै लेखेका थिए, “यदि कुनै पनि खेलाडीले अम्पायरलाई गल्तीले पिट्यो…

Logo