काठमाडौं। आरिफ शेख र रासिद खानको उत्कृष्ट अर्धशतकीय योगदानको मद्दतले नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा जित दर्ता गरेको छ। आज भएकाे खेलमा पुलिस क्लबले कोशी प्रदेशमाथि ६ विकेटको सहज निकालेकाे हाे । कोशी प्रदेशले दिएको १६३ रनको मध्यम लक्ष्य पुलिस क्लबले ३३.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो। त्रिवि क्रिकेट मैदानमा टस…