काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को शुक्रबार झापामा हुने निर्वाचनमा भाग नलिने अध्यक्षका प्रत्यासी दीर्घबहादुर केसी (कुमार) ले घोषणा गरेका छन् । राष्ट्रिय खेलकुद परिषदले आफ्नो निर्देशन विपरित निर्वाचन गर्न लागेको भन्दै एन्फालाई तीन महिनाका लागि निलम्बन गरेको भोलिपल्ट बिहीबार केसीले पत्रकार सम्मेलन गर्दै निर्वाचन बहिष्कार गरेका हुन् । उनले भने, ‘खेलकुद परिषदले…