काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान तथा स्टार स्पिनर सन्दीप लामिछानेलाई टी–ट्वान्टी विश्व कप खेल्न जान नेपालस्थिति अमेरिकी राजदूतावासले भिसा नदिएको भन्दै अभियन्ताहरुले विरोध जनाएका छन्। आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै अभियन्ताहरुले क्रिकेटर लामिछानेलाई भिसा नदिइनु अन्याय भएको बताएका छन्। उनीहरुले लामिछानेलाई भिसा दिलाउन दवाब दिनका लागि भोलि दिउँसो १ बजे…