क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालत पाटनले सफाइ दिएसँगै अब अदालत र न्यायाधीशहरुप्रति आभार प्रकट गरेका छन् । आज दिनभर अदालतमै रहेका सन्दीपले आफ्नो पक्षमा फैसला आएसँगै भने, ‘मलाई न्याय दिनुभएकोमा न्यायमूर्तिहरुप्रति आभारी छु । अदालतप्रति मेरो विश्वास र आस्था निरन्तर थियो र भविष्यमा पनि अटल रहनेछ । समर्थकहरुको यो मायाले खेलमार्फत राष्ट्रका लागि योगदान दिने…