काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंगलुरुलाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा हैदरावादले बैंगलुरुलाई २५ रनले पराजित गरेको हो। सनराइजर्सले दिएको कीर्तिमानी २८८ रनको लक्ष्य पछ्याएको बैंगलुरुले २० ओभरमा ७ विकेट गुमाउँदै २६२ रन बनाएको थियो। बैंगलुरुका लागि दिनेश कार्तिकले ३५ बलमा ८३ तथा कप्तान फाफ डु प्लेसिसले ६२ रन…