काठमाडौं। वीर गणेशमानसिंह राष्ट्रिय क्रिकेट च्याम्पियनसिपमा लुम्बिनी प्रदेशले मंगलबार विजयी सुरूवात गरेको छ। वीर गणेशमानसिंह स्पोर्ट्स कमिटीद्वारा आयोजित प्रतियोगितामा लुम्बिनीले गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो। गण्डकीले दिएको १३६ रनको लक्ष्य लुम्बिनीले १७.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। लुम्बिनीका सुनिल भण्डारीले अविजित रहँदै सर्वाधिक ६० रन बनाए। ४६ बल खेलेका…