नेपालले एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको समूहचरणमा अपराजित रहँदै सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार भएको समूहचरणकाे अन्तिम खेलमा नेपालले साउदी अरेबियामाथि ६ विकेटको रोमाञ्चक जित दर्ता गरेको हो । ओमानको अल अमेरत खेल मैदानमा साउदीले जितका लागि दिएको ७४ रनको लक्ष्य नेपालले ७.२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गरेको हो । नेपालको सुरुवात खराव…