सिमरा। एपीएफविरुद्ध जित निकाल्दै नेपाल पुलिस क्लब जितपुर सिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। एपीएफविरुद्ध पुलिस क्लबले ३–२ को जित निकाल्दै फाइनलमा प्रवेश गरेको हाे। शनिबार राति सिमरा रंगशालामा भएको खेलमा पुलिसले सुरुवाती अग्रता बनाएको थियो। खेलको पहिलो मिनटमै एपीएफविरुद्ध पुलिसका आशिष राइले गोल गरेका थिए। उज्वल राइको क्रसमा पेनाल्टी बक्स भित्रबाट आशिष राईको प्रहार…