चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत नेपालकी कराते खेलाडी एरिका गुरुङ फाइनमा प्रवेश गरेकी छिन् । फाइनलमा प्रवेश गरेसँगै नेपालले कम्तिमा रजत पदक जित्ने पक्का भएको छ । कराते खेलाडी गुरुङले केहीबेर अघि सम्पन्न सेमिफाइनलमा महिला ६८ किलो तौल समूहमा हङकङकी यान काई होलाई पराजित गरेकी हुन् । गुरुङले यान काई होलाई ८–४ अङ्कले हराउँदै…