नेपाल क्रिकेट संघ (क्यान)ले सेन्ट्रल कन्ट्र्याक्टका लागि पुरुष र महिला खेलाडीको वर्गीकरण गरेको छ। मंगलवार पोखरामा बसेको क्यानको बोर्ड बैठकले जनवरीदेखि जुनका लागि १८ पुरुष र १२ महिला खेलाडीलाई कन्ट्र्याक्टमा राख्ने निर्णय गरेको हो । क्यानको नयाँ ग्रेडिङमा पुरुषतर्फ ‘ए’मा रोहित पौडेल, सोमपाल कामी, करन केसी, दीपेन्द्रसिंह ऐरी र आशिफ शेख छन्। पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई…