साविक विजेता एपिएफ क्लव र न्यु डायमण्ड स्पोर्ट्स क्लवले छैटौं संस्करणको शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजयी शुरुवात गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा सम्पन्न दिनको पहिलो खेलमा न्यु डायमण्ड स्पोर्ट्स क्लवले विभागीय टोली त्रिभुवन आर्मी क्लवलाई ३–० सोझो सेटमा पराजित गरेको हो । यस्तै, दिनको दोस्रो खेलमा साविक विजेता एपिएफले…