रियल मड्रिड स्पेनिस कोपा डेल रे फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको क्वाटरफाइनलमा रियलले घरेलु मैदानमा १० खेलाडीमा समेटिएको एट्लेटिको मड्रिडमाथि ३–१ को पूनरागमन जित निकाल्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । रियलको जितमा रोड्रिगो, कप्तान करिम बेन्जेमा र भिनिसियस जुनियरले एक–एक गोल गरे । एट्लेटिकोका अल्भारो मोराटाले एक गोल फर्काए…