म्याग्दी ।म्याग्दीको भौगोलिकरूपमा बिकट र दुर्गम क्षेत्रका बासिन्दा सञ्चार सुविधाबाट बञ्चित छन् । मोबाइलमा कुरा गर्न घण्टौं हिँडेर छिमेकी गाउँ पुग्ने, डाँडा र रुख चढ्नु पर्ने बाध्यता छ ।म्याग्दीको रघुगङ्गा गाउँपालिकाको कुइनेमङ्गले र चिमखोला, धवलागिरि गाउँपालिकाको लुलाङ, मल्कवाङ र बगरमा सरकारी स्वामित्वको नेपाल टेलिकम र एनसेल लगायत निजी कम्पनीले मोबाइल सेवा विस्तार गरेका छैनन् ।स्थानीयवासीहरु…