पर्वत। जलजला गाउँपालिकाका उपप्रमुख दिपक आचार्य (आकाश) ले जलजला हम्पाल–कालाञ्जार क्षेत्रको प्राकृतिक सौन्दर्य प्रवर्द्धन गर्न आग्रह गरेका छन्। सामाजिक सञ्जालमा स्टाटस जारी गर्दै उनले यो क्षेत्रलाई “अद्भुत प्राकृतिक गन्तव्य” भन्दै सबैलाई एक पटक अवश्य घुम्न अपिल गरेका छन्। उनका अनुसार हम्पाल–कालाञ्जार क्षेत्रबाट देखिने सूर्योदय, हरियाली डाँडाकाँडा र शान्त वातावरणले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने…