वासिङटन ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना संक्रमण भएको छ । ट्रम्पले आफूलाई कोरोना भएको आज ट्वीटरमार्फत जानकारी दिएका हुन् ।आफ्ना सल्लाहकार होप हिक्समा कोरोना पुष्टि भएपछि ट्रम्पले बिहीबार बेलुकी कोरोना परीक्षण गराएका थिए ।‘आज राति मेलेनिया र मलाई कोभिड–१९ पोजेटिभ भएको छ’, ट्रम्पले भनेका छन्, ‘तुरुन्तै हामी क्वारेन्टिन तथा उपचार प्रक्रियामा हामी जान्छौँ ।’