काठमाडाैँ। युरोपियन च्याम्पियन्स लिगको शुक्रबार क्वाटरफाइनल ‘ड्र’ सार्वजनिक भएको छ । यो वर्षको च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पेरिस सेन्ट जर्मेन (पीएसजी), बायर्न म्युनिख, म्यानचेस्टर सिटी, एट्लेटिको म्याड्रिड, बोरुसिया डर्टमण्ड, आर्सनल, बार्सिलोना र रियल म्याड्रिड पुगेका छन्। ड्र अनुसार साविकको विजेता म्यानचेस्टर सिटीले रियल म्याड्रिडलाई प्रतिद्वन्द्वीका रुपमा पाउँदा एटलेटिको म्याड्रिडले भने बोरुसिया डर्टमण्डसँग प्रतिस्पर्धा गर्नेछ। यस्तै आर्सनलले…