गलकोट (बागलुङ) । सामाजिक अभियान र युवा आन्दोलनबाट चिनिएका सोम शर्मा प्रतिनिधिसभा सदस्यका रूपमा संसद् पुगेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बनेका उनले बागलुङ निर्वाचन क्षेत्र नम्बर–२ बाट जित निकाल्दै राजनीतिक यात्रा औपचारिक रूपमा संसद्सम्म पु¥याएका हुन्। ३४ वर्षीय शर्माले १२ हजार ६४७ मत प्राप्त गर्दै नेपाली कांग्रेसका टेकराज पौडेललाई ७७९ मतान्तरले पराजित गरे।…