काठमाडौं। झापा–५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रञ्जित तामाङले आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै ‘झापा–५ भिजन–७’ सार्वजनिक गरेका छन् । दमकमा आयोजित कार्यक्रममा उनले ७ प्रमुख भिजनअन्तर्गत ३५ मिसन र २१ लक्ष्य तय गरिएको जानकारी दिए । राजनीतिक, सांस्कृतिक र आर्थिक दृष्टिले महत्त्वपूर्ण मानिने झापा–५ का लागि शिक्षा, स्वास्थ्य, कृषि, उद्योग तथा व्यवसाय,…