पर्वत। नेपाली कम्युनिस्ट पार्टीबाट पर्वतमा प्रतिनिधिसभाका उम्मेदवार मनहरी तिमिल्सिनाले जनस्तरसँग प्रत्यक्ष संवादलाई तीव्रता दिएका छन्। सोमबार कुश्मा नगरपालिका वडा नं. ९ र १० मा आयोजित जनभेटघाट तथा संक्षिप्त अन्तरक्रिया कार्यक्रममा स्थानीयको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा उपस्थित अग्रज, शुभेच्छुक तथा स्थानीयवासीले दिएका सुझाव, अनुभव र अपेक्षाले आत्मीयता र उत्साह थपिएको तिमिल्सिनाले बताए। उनका अनुसार स्थानीयले…