बागलुङ। २१ फागुनमा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा बागलुङमा १६ जना उम्मेदवारको जमानत जफत भएको छ। कुल २३ उम्मेदवारमध्ये केवल सात जनाले मात्रै जमानत जोगाएका छन्। बागलुङ क्षेत्र नम्बर १ मा ११ उम्मेदवार थिए, जसमा आठ उम्मेदवारको जमानत जफत भएको छ। रास्वपाका सुशील खड्का २० हजार ९२७ मतसहित विजयी भएका छन्। नेकपा–जनमोर्चा गठबन्धनका कृष्णप्रसाद अधिकारीले…