काठमाडौं। नेपाल चिकित्सक संघ ९एनएमए० को निर्वाचनका लागि निर्वाचन समितिले आन्तरिक छलफल सुरु गरेको छ ।केन्द्रविन्दुसँगको कुराकानीमा अध्यक्ष पदकालागि उम्मेदवारी दिएका डा.सञ्जीव तिवारीले निर्वाचनको मिति चाँडै घोषणा गर्ने निर्वाचन समितिको तयारी रहेको जानकारी दिए । उनको अनुसार समितिले यही बुधबार सर्वपक्षीय बैठक बोलाएको छ । उक्त बैठकमा निर्वाचन मिति घोषणाबारे छलफल र निर्णय हुनेछ ।…