काठमाडौं। फागुन २१ का लागि तय प्रतिनिधि सभा निर्वाचनको सुरक्षा सुनिश्चित गर्न नेपाली सेना आजदेखि फिल्डमा खटिएको छ। एकीकृत निर्वाचन सुरक्षा योजनाअनुसार देशभर ७९ हजार ७२७ सैनिक परिचालन गरिएका छन्। सेनाले संवेदनशील क्षेत्र, मतदानस्थल र आवश्यक परे संयुक्त गस्ती गर्नेछ। हेलिकप्टरमार्फत विकट र अतिसंवेदनशील क्षेत्रमा हवाई गस्ती, मतपेटिका ढुवानी र आकस्मिक सुरक्षा व्यवस्था समेत मिलाइएको…