‘ब्राभो शेरा’ अभियानले भेट्टायो झीँ गाउँको जङ्गलमा दुई थान भरुवा बन्दुक

गलेश्वर । म्याग्दीको रघुगङ्गा गाउँपालिका–५ अन्तर्गत झीँ गाउँको जङ्गलमा बेवारिसे अवस्थामा लुकाइराखेका दुई थान भरुवा बन्दुक फेला परेका छन्। जिल्ला प्रहरी कार्यालयको सूचनाका आधारमा पाखापानी प्रहरीचौकीबाट खटिएको टोलीले सोमबार पाखापानीको जङ्गलबाट भरुवा बन्दुक बरामद गरेको हो। जङ्गलमा राखेर रातको समयमा चोरीसिकारीमा प्रयोग हुने गरेको प्रहरीको अनुमान छ। बन्दुक बरामद गरेपछि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको…

Logo