काठमाडौं । नेपाली बाल प्रतिभालाई विश्वसामु चिनाउने र उनीहरूको सर्वाङ्गीण व्यक्तित्व विकासमा टेवा पुर्याउने उद्देश्यका साथ आयोजित ‘किड्डी फेस अफ द इयर इन्टरनेशनल-२०२५’ को नवौं संस्करण एक भव्य समारोहका बीच सम्पन्न भएको छ । रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीद्वारा आयोजित यस चर्चित प्रतियोगिताले बालबालिकाका अद्वितीय क्षमता उजागर गर्दै उनीहरूको आत्मविश्वास र नेतृत्व क्षमतामा वृद्धि गरेको छ…