‘म त लालीगुराँस भएछु, वनैभरि फूलिदिन्छु मनैभरि फुलिदिन्छु’ नेपाली साङ्गीतिक इतिहासमा एकपछि अर्को सफल गीत दिएका स्वरसम्राट नारायण गोपालले संसार छाडेको मङ्सिर १९ गते २८ वर्ष बितिसक्दा पनि उनको नाम आज पनि उत्तिकै अमर छ ।‘केही मीठा बात गर, रात त्यसै ढल्कँदै छ’, ‘आँखा छोपी नरोउ भने भन्नुप¥या छ, मुटुमाथि ढुङ्गा राखी हाँस्नुप¥या छ’, ‘झरेको पात झैँ भयो,…