राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपालले उपत्यकाव्यापी विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता गर्ने भएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एसोसिएसनले भाद्र १८ गते सोमवार नेपाल प्रज्ञा भवन, कमलादीमा प्रतियोगिताको पाँचौ संस्करण आयोजना गर्ने जानकारी दिएको हो । लोकनृत्य प्रतियोगितामा प्रत्येक विद्यालयले प्रवेश शुल्क रु.५००० तिरी भाग लिन सक्नेछन् । विद्यालयहरुले प्रतियोगितामा कक्षा…