भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड’को छैटौँ संस्करण काठमाडौँमा सम्पन्न भएको छ । ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड’ कार्यक्रम आइतबार काठमाडौँस्थित होटल र्याडिसनमा सम्पन्न भएको हो । उक्त कार्यक्रममा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार शम्भुजित बास्कोटा लगायत थुप्रै नेपाली कलाकारले एकसाथ सम्मान प्राप्त गरे । साथै सांसद विनोद चौधरी, बलिउड अभिनेत्री भाग्यश्री, बलिउड कलाकार रञ्जित, विन्दु दाह्रा…