काठमाडौं । सर्वोच्च अदालतले विशेष महाधिवेशनबाट चुनिएको गगन थापा नेतृत्वको केन्द्रीय कार्य समितिलाई आधिकारिकता दिएसँगै नेपाली कांग्रेसभित्रको तीन महिना लामो कानुनी र राजनीतिक विवाद टुङ्गिएको छ। न्यायाधीशद्वय सारङ्गा सुवेदी र नृपध्वज निरौलाको शुक्रबारको इजलासले निर्वाचन आयोगको निर्णयलाई सदर गर्दै थापा नेतृत्वको समितिलाई नै वैधानिकता दिएको हो। अदालतको ऐतिहासिक फैसलापछि आफ्नो धारणा सार्वजनिक गर्दै सभापति थापाले…