काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आज ३०औँ महानगर दिवस मनाएको छ । महानगरले काठमाडौँको सैनिक मञ्चमा विशेष कार्यक्रमको आयोजना गरेर ३० औँ महानगर दिवस मनाएको हो । दिवस मनाउँदै काठमाडौँ महानगरपालिकका मेयर बालेन शाहले काठमाडौँ महानगरपालिकालाई सफा सुन्दर हराभरा बनाउनमा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका छन् । उनले काठमाडौँ महानगरपालिकाको सुशासन र व्यवस्थापनलाई सुदृढ बनाउने…