काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गैरसहकारी तत्त्वहरू बेग्लै उद्देश्यले सहकारीमा प्रवेश गरेका कारण केही सहकारीहरूमा समस्या उत्पन्न भएको बताएका छन् । बुधबार राजधानीमा आयोजित स्टार्टअप नेसनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सहकारी सञ्चालन गर्न नजानेर नभई गैरसहकारी तत्त्वहरू सहकारीमा घुसेका कारण सहकारीहरूप्रतिको निष्ठा नरहेको बताएका हुन् । वर्तमान सरकार सहकारीमा देखिएका…