काठमाडौँ । भक्तपुरको गट्ठाघरमा भएको घटनाबारे छानबिन गर्न गठित समितिले ट्रकचालकको लापर्बाहीका कारण दुर्घटना भएको निष्कर्ष निकालेको छ । प्रहरी उपरीक्षक प्रजित केसी नेतृत्वको छानबिन समितिले दुर्घटनास्थलको सीसीटीभी फुटेज, प्रत्यक्षदर्शीको बयान र घटनास्थलमा तैनाथ ट्राफिक प्रहरीसँग सोधपुछलगायत प्राविधिक विषयमा कुराकानी गरेपछि यस्तो निष्कर्ष निकालेको हो । दुर्घटनाबारेको प्रतिवेदन मङ्गलबार उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त…