प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीले विश्वासको मत लिन पर्याप्त समय हुँदाहुँदै पनि सरकारले तानाशाही प्रवृत्ति देखाएकाे आरोप लगाएको छ । कांग्रेसका सांसदको विरोध र नाराबाजीबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चाैथाेपटक विश्वासको मत लिएपछि बसेको कांग्रेस संसदीय दलको बैठकले यो निष्कर्ष निकालेको हो । ‘निर्बाध रूपले सदन सञ्चालन हुने अवस्था हुँदा हुँदै सरकारले बलमिचाइँ गर्यो।…