काठमाडौं । स्वास्थ्यमन्त्री तथा जनता समाजवादी पार्टी नेपाल(जसपा)का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेका छन्। सोमबार मध्यराति काठमाडौं आइपुगेका अध्यक्ष यादवले मंगलबार बिहान प्रधानमन्त्री दाहाललाई भेटेका हुन्। भेटमा पार्टी फुट र समसमायिक राजनीतिको विषयमा छलफल भएको बताइएको छ। यादव विदेशमा रहेको बेला उनको पार्टी फुटेको थियो। भेटपछि यादवले संसदीय दलको बैठक बोलाएका छन्। बैठक…