काठमाडौं । सरकारले वैशाख २८ गते बजेट अधिवेशन बोलाउने निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले बजेट अधिवेशनका निम्ति सरकारले राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गर्ने निर्णय भएको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् । सरकारले संसद्को बजेट अधिवेशन आह्वान गरेको छ । उनका अनुसार मन्त्रिपरिषद्को सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र…