काठमाडौं। मानव तस्करको जालमा परेर कम्बोडिया पुगेका १६ जना नेपालीलाई उद्धार गरी नेपाल फर्काइएको छ। थाइल्याण्डस्थित नेपाली राजदूतावास, कम्बोडिया सरकार र गैरआवासीय नेपाली संघ (एनआरएनए) कम्बोडियाको सहकार्यमा उनीहरूलाई बिहीबार स्वदेश ल्याइएको हो। दूतावासका अनुसार ती नेपालीलाई कम्बोडियामा अवैधरूपमा सञ्चालित अनलाइन स्क्यामिङ केन्द्र र क्यासिनोमा काम गर्न बाध्य पारिएको थियो। कतिपय भने भिसा म्याद सकिएपछि पनि…