काठमाडौं । काठमाडौं–३ मा सुरूआती अग्रता हासिल गरेका उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का राजुनाथ पाण्डेले उछिनेका छन्। पछिल्लो मतगणना अनुसार रास्वपाका पाण्डे २९६० मत पाएर अग्रस्थानमा छन् भने उज्यालो नेपालका घिसिङले २७०६ मत ल्याएर उनलाई पछ्याइरहेका छन्। यहाँ नेपाली कांग्रेसका रमेश अर्यालले १०११ र नेकपा एमालेका रामेश्वर फुयालले ६९४…