काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा स्टार स्ट्राइकर सावित्रा भण्डारी 'साम्बा'ले आफ्नो उपचारका लागि सार्वजनिक रूपमा आर्थिक सहयोगको अपील गरेकी छिन्। चोटका कारण विगत ७ हप्तादेखि मैदान बाहिर रहेकी साम्बाले अखिल नेपाल फुटबल संघ (एन्फा)बाट अपेक्षित सहयोग नपाएपछि समर्थक र सरकारको ढोका ढकढक्याएकी हुन्। सामाजिक संजालमार्फत आफ्नो पीडा पोख्दै साम्बाले भनिन्, "मैले…