रौतहट। रौतहटको सदरमुकाम गौरमा गत शुक्रबारदेखि लगाइएको कर्फ्यू आज बिहान ६ बजेदेखि हटाइएको छ। जिल्ला सुरक्षा समितिको निर्णयअनुसार कफ्र्यु हटाइएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जानकारी दिएका छन्। प्रशासनले कफ्र्यु हटेपछि पनि अवस्था संवेदनशील रहेकाले कुनै पनि धार्मिक, जातीय वा सामाजिक सद्भाव बिगार्ने गतिविधि नगर्न सर्वसाधारणसँग आग्रह गरेको छ। विशेषगरी भेला, जुलुस र प्रदर्शन…