काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले हालैको निर्वाचनमा पार्टीले व्यहोर्नुपरेको अनपेक्षित हारको मुख्य कारण 'विशेष महाधिवेशन' भएको निष्कर्ष निकालेको छ। निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा यही वैशाख १५ र १६ गते काठमाडौंमा बसेको विस्तारित बैठकले यस्तो ठहर गरेको हो। बैठकपछि जारी विज्ञप्तिमा उल्लेख भएअनुसार, निर्वाचनभन्दा अगाडि नै पार्टीभित्र आन्तरिक प्रतिस्पर्धा र मतभेद…